सरकारी सेवामा आकर्षण चुलियोः ९५ गुणा बढीले परीक्षाका लागि दिए आवेदन

काठमाडौं, कात्तिक २५ । सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ । दरखास्त दिनेमा महिलाको  संख्यामात्रै ५२ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस्