पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने प्रचण्डको आश्वासन

काठमाडौं, कात्तिक २० । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलका प्रमुख अतिथि प्रचण्डले पोखरा पर्यटकीय शहर मात्र नभएर क्रिकेटको शहरको रुपमा विकास भइसकेको भन्दै स्तरीय रंगशाला निर्माणका लागि सरकारसँग माग गरेका हुन् ।
उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिए । राष्ट्रिय टोलीका कप्तान र उपकप्तान सम्मिलित आयोजक संस्थाबाट यति ठूलो र भव्य प्रतियोगिता सम्पन्न भएकोमा उनले बधाइ दिए र भविष्यमा निरन्तरताको अपेक्षा पनि गरे।
नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र अनुशासन कायम गर्न खेलको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भन्दै खेलको माध्यमबाट राष्ट्रिय समृद्धि हासिल गर्नेतर्फ सोच्ने बेला भएकोसमेत बताए ।
फाइनल खेलबारे टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘प्रमुख अतिथिको रुपमा सबैभन्दा तटस्थ दर्शक म नै थिएँ होला । किनभने मेरो जन्म स्थान (पोखरा) र कर्मस्थान ९चितवन० उपाधिका लागि भिड्दै थिए ।’ उनले थप्नुभयो, ‘मेरा लागि जसले जिते पनि उस्तै रह्यो । यद्यपि पोखरालाई बधाई दिन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्