पार्टीले हारे,तर सभापति देउवाले जिते

काठमाडौ। नेपाली काँग्रेसले पार्टीले हारिरहंदा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले भने फराकिलो अन्तरले विजयी भएका छन् । उनी फेरी पनि प्रतिनिधिसभा सदस्य भएका छन् ।
आफ्ना निटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउँदै देउवा विजयी भएका हुन् ।

कांग्रेस सभापति समेत रहेका देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारे । प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याए ।
देउवा ०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् । ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी भएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएका ।

 

प्रतिक्रिया दिनुहोस्