एनबी र सुर्य लाइफबीच सम्झौता

कठमाडौं, कात्तिक २० । नेपाल बंगलादेश बैंक लिमिटेड र सुर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात बैंकका सम्पुर्ण ग्राहकले ७४ वटै शाखाबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बिमा लेख प्राप्त गर्न,प्रिमियर भुत्तानी गर्न, दाबी भुत्तानीलगायत सम्पुर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्