दुई विकास बैंक र एक फाइनान्स कम्पनीले पाए धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको गरि कुल ६७ करोड २९ लाख ४६ हजार रूपैयाँको ६७ लाख २९ हजार ४६७ कित्ता हकप्रद आईतबार धितोपत्र बोर्डले एकसाथ स्वीकृत गरेको छ ।

भार्गव विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरको २१ करोड १२ लाख रुपैयाँ मूल्यको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर विक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

त्यस्तै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १२० प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरको २६ करोड ४३ लाख ५३ हजार ८८० रुपैयाँ मूल्यको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयर विक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले बोर्डबाट चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो । बोर्डले फाइनान्सलाई १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद सेयर विक्री अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्