आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता, टेनिस खेल्दा १५ प्रतिशत सहुलियत
काठमाडौं, कार्तिक १५ । आइएमई ग्रुपर नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष सहुलियत पाउनु हुने छ ।
ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स÷मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधालिन सक्नुहुनेछ । यसका साथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने सम्झौता भएको छ ।
यो सुविधालिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचयपत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्ने छ । सम्झौता पत्रमा आइएमई ग्रुपकातर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता २०७५ साल मङ्सिर ०१ गतेबाट दुई वर्षसम्म कायम हुने छ । यो सम्झौता पछि करिब चार (४) हजार कर्मचारीहरु र लाखौँ सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्नु हुनेछ ।
स्वास्थ्य शरीरमा स्वास्थ्य मष्तिस्कको बास हुन्छ भन्ने दार्शनिक भनाइलाई हृदयंगम गर्दै ग्रुपमा कार्यरत कर्मचारी मित्रहरू र सेवा ग्राहीहरूलाई खेलकुदका क्षेत्रमा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ सम्झौता गरिएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउन भयो । शरीरलाई चुस्त र दुरुस्त राख्न खेलकुद प्रतिको चासो बढ्दै गएको सन्दर्भमा आइएमई जस्तो चलायमान व्यापारिक ग्रुपसँग सम्झौता गर्न पाउँदा आफुलाई खुशीलागेको नउलिन स्पोर्स भिल्लाका प्रवन्ध निर्देशक किशोर थापाले बताउनु भयो ।
आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, इन्सोरेन्स, सूचना–प्रविधि, पर्यटन, ट्राभल एण्ड टुर्स, हस्पिट्यालिटी, अटोमोबाइल, उर्जा लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी अवसर सिर्जना गर्दै आइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्