प्रचण्डको अग्रता कायमै, चितवनका अन्य क्षेत्रमा बाम गठबन्धनकै अग्रता

काठमाडौं । चितवन क्षेत्र नं ३ मा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को अग्रता कायमै रहेको छ ।

आज बिहानसम्म २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गरेका छन् । उजका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो

प्रतिक्रिया दिनुहोस्