माछपुच्छ्रे बैंकको ३८ करोड ६९ लाख नाफामा
काठमाडौं । माछपुच्छ्रे बैंकले पहिलो तीन महिनामा ३८ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा ३७ प्रतिशतले नाफा बढाएको बैंकले निक्षेप संकलन र ऋण लगानी दुबैलाई बढाएको छ ।
बैंकले तीन महिनामा ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।
खुद व्याज आम्दानी ४७ प्रतिशतले बढेर ८४ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ । पूँजी कोष अनुपात १४।३६ प्रतिशत छ भने खराव कर्जा ०।४७ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ७।१७ प्रतिशतबाट ७।९९ प्रतिशत पुगेको छ। आधार व्याजदर १०।४८ प्रतिशतबाट बढेर ११।२१ प्रतिशत पुगेको छ । यसगरी बैंकको प्रतिशेयर आम्दानीमा ४ रुपैयाँ सुधार भई १८ रुपैयाँ पुगेको छ।















प्रतिक्रिया दिनुहोस्