सिटी एक्स्प्रेसको “लखपतिएक्स्प्रेस” योजनाको पहिलो विजेता घोषणा

काठमाडौं, १४ कार्तिक । सिटी एक्स्प्रेसका “लखपति एक्स्प्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिकरु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु. १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले रु. १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु. १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गतेसम्म लागू हुनेछ । यो अवधि भर सिटी एक्स प्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने छन् । यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले रु. २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले रु. १०,००० जिति सकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत कोरीयाको जीमनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको रु.१००,००० को मासिक लक्कीड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहकाबिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्