माथिल्लो तामाकोशीको आइपीओ कात्तिक १५ देखि खुल्ने

जागरण न्युज

काठमाडौं, कार्तिक १४ । माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।

यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्