प्रधानमन्त्री ओलीलाई भेटघाटमा रोक, स्वास्थ्य लाभ पहिलो प्राथमिकता

काठमाडौं, १३ कार्तिक । शिक्षण अस्पताल महाराजगन्जले अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाटमा रोक लगाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण हुनुका साथै चिनीको मात्र असन्तुलित देखिएको छ ।

अस्पतालमा विभिन्न नेता तथा कार्याकर्ताहरुको भिड थेक्न नसकेपछि अस्पतालले प्रधानमन्त्री आलीलाई भेटमा रोक लगाएका हो ।  सोमबार नेताहरुले अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।

तर, मंगलबार अपराहृनबाट अस्पतालले भेटमा रोक लगाएको छ । संक्रमण नियन्त्रण गरी स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएको भन्दै शिक्षण अस्पतालले चिकित्सकीय रायअनुसार नै भेटघाटमा रोक लगाइएको अतपालस्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा केहि सुधार भएको उपचारमा संलग्न डाक्टरहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्