गोर्खाज फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिए
काठमाडौं, १२ कार्तिक । गोर्खाज फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिएका छन् ।
सोमबार एउटा समूहले ६२ जनालाई प्रमोटर शेयर बिक्री गरेकाले फाइनान्समा ६२ जना नयाँ प्रमोटर भित्रिएका हो । उक्त समूहले आन्तरिक रुपमा प्रतिशेयर १०० रुपैयाँको दरले दुई लाख ५७ हजार ८५० कित्ता शेयर बिक्री गरेको हो ।
सोमबार भएको कारोबार अनुसार २ लाख ५७ हजार कित्ताको दुई करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो बजारमा १०८ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार फाइनान्स्को चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । गत वर्ष एक करोड २ लाख रुपैयाँ नाफा गरेको थियो । प्रतिशेयर आम्दानी एक रुपैयाँ मात्रै रहेको छ । विगत चार वर्षदेखि लाभांश दिन नसकेको संस्थाको शेयरमा सर्वसाधारणको आकर्षण भने देखिदैन । फाइनान्स्को समग्र अवूथा सुधारोन्मुख रहेको छ ।















प्रतिक्रिया दिनुहोस्