नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर, अब मलेसिया जान कुनै पनि शुल्क तिर्न नपर्ने
काठमाडौं, १२ कार्तिक । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालको तर्फबाट श्रम मन्त्री गोकर्ण विष्टले आज सोमबार एक समारोहकाबीच समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता भएसँगै मलेसिया जाने नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने भएका हुन ।
अब भिसा प्रक्रियामा समेत कामदारलाई कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।
कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएमा श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
यसले गर्दा नेपालीहूको सबैभन्दा बढि श्रम गन्तव्य मुलुक मलेसिया जाने कामदारलाई सहज र सजिलो हुनका साथै राहत पनि भएको छ । यो सरकारको उपलब्धि पनि हो ।















प्रतिक्रिया दिनुहोस्