संसारको सबैभन्दा ठूलो सेल डे, नोभेम्बर ११ मा

काठमाडौं, १२ कार्तिक । नेपालको न। १ अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ संसारको सवैभन्दा ठूलो सेल डे यहि र्काितक २५गते हुने भएको छ । नयाँ दराज एपको शुरुवात पछिको यस पहिलो विशाल अनलाइन मेलामा ग्राहकहरुले व्यक्तिगत तथा नव उत्कृष्ट क्रियाकलापहरुको अपेक्षा गर्न सक्ने छन् ।

११.११ के हो ?
११.११ को शुरुवात सन् २००९ मा भएको थियो । जब दराजको अभिभावक कम्पनी, अलीबाबाले यसलाइ ब्ल्याक फ्राइडेको एशियालीे स्वरुपमा अवस्थित गरायो । दश वर्षको द्रुतगती पछि १११.११ सेल नेपालको यात्रा गर्न तयार छ । ब्ल्याक फ्राइडे भन्दाचार गुणा ठूलो रहेको यस एक दिने उत्सवको बिक्री आँकडा अतुलनिय हुन े उपेक्षा गरिएको छ । ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौ ब्राण्ड भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण व्यक्तिगत शपिङ्ग अनुभव गर्न सक्नेछन् । नयाँ दराज एपमा हुने यस एक दिने सेल उत्सवई(कमर्श कम्पनीमध्ये अहिले सम्मको सबैभन्दा ठूलो सेल हुनेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक राजिब अमात्यले यस सेल बारे आफ्नो विचार राख्दै भन्नुहुन्छ “११.११ नेपालको ई(कमर्श कम्पनीको क्रमभंगतालाई संतुलित गर्ने क्रममा छ । एक पटक दराज एपमा तपाँइले सामानहरुको अनुभव गरेपछि तपाईंले भिन्नता देख्न सक्नुहुने छ,। ११.११ पहिलाको दराज र ११.११ पछिको दराज । यसले बदलिदो उदाहरणको चिनो दिनेछ । ११.११ उत्कृष्ट प्रस्ताव र छुटहरु मात्र भन्दा वढि हो(यसले हाम्रो पुरा डिजिटल परिस्थितीलाइ सक्रिय बनाउने छ ।”

प्रतिक्रिया दिनुहोस्