प्रधानमन्त्रीको ओलीको छातीमा संक्रमण, सुगर असन्तुलित, केही दिन अस्पतालमै राखिने

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सोमबार बिहान विज्ञप्ती निकालेर स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी जानकारी दिए ।। उनका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।

केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट अर्थात सीसीयूमा राखिएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।
छातीमा संक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास संलग्न छन् ।
प्रधानमन्त्रीको सचिवालयले हिजो विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्