स्टाण्डर्ड चार्टर्डको १०० प्रतिशत बोनस सेयर प्रस्ताब

स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) ले आफ्ना सेयरधनीहरुलाई १००प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त वोनस प्रस्ताव गरेको हो । बैंकले कर प्रयोजनका लागि प्रतिसेयर ५.२६ रुपैँयाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोग गरी लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्ताबित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । गत आर्थिक बर्षको बैंकको खुद नाफा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ थियो ।

अहिले बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । १०० प्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वित्तिय विवरण अनुसार बैंकको जगेडाकोषमा ८ अर्ब ५५ करोड पुगेको छ ।

गत बर्ष बैंकले बैंकले प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको थियो । एफपीओ बिक्रीका क्रममा प्रिमियम बापत प्राप्त रकमले बैंकको जगेडाकोष मजबुत बनेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्