स्वावलम्बन विकास केन्द्रको २७औं साधारण सभा सम्पन्न

लघुवित्त कार्यक्रम संचालनमा नेपालको अनुमति प्राप्त पहिलो गैर सरकारी संस्था स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिक साधारण सभा केन्द्रका प्रबन्ध समितिका अध्यक्ष श्री शंकरमान श्रेष्ठको अध्यक्षतामा कार्तिक ९ गते माइतीघर, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात र सो को मितिमा समाप्त आ.व.२०७४/७५ को आम्दानी तथा खर्च हिसाव सहितको वित्तीय विवरण, आ.व.२०७५/७६ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सभामा अध्यक्ष श्री श्रेष्ठले केन्द्रको स्थापनाको औचित्य एवं नेपालको गरिवी निवारणको लागि लघुवित्त मार्फत गरेको कामको अनुभव र अनुभूति बारे प्रकाश पार्नुका साथै नेपालमा हाल लघुवित्तको स्थिति बारे दृष्टिकोण राख्नुभयो । उहाँले विपन्न वर्गको आर्थिक, सामाजिक एवं उद्यमशीलता विकास मार्फत रोजगारी श्रृजनामा लघुवित्त क्षेत्रले पु¥याएको योगदान बारे चर्चा गर्नुको साथै लघुवित्तमा पछिल्लो समयमा देखापरेको अस्वस्थ प्रतिस्पर्धा एवं विचलन बारे समयमानै सबै सरोकारवाला सचेत भई सुधारको लागि कदम चाल्न पनि आग्रह गर्नुभयो । अन्यथा लघुवित्त दीगो रुपमा संचालन हुनमा आघात पुग्ने बारे उहाँले सचेत गराउनुभयो ।
केन्द्रको हालको प्रबन्ध समितिको कार्यकाल समाप्त भएकोले सभाले सर्वसम्मत नयाँ प्रबन्ध समिति समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्