भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव यचुरीद्वारा चन्द्रागिरि अवलोकन
काठमाडौं, ९ असोज । भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केबलकारको शुक्रबार अवलोकन अनौपचारिक भ्रमण गर्नुर्भएको छ । नेपाल भ्रमणमा आउनु भएका महासचिव यचुरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेक विक्रमशाहले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अतन्त्य प्रभावित भएको जनाउदै चन्द्रागिरिबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न पाउँदा आफुलाइ अत्यन्तै खुशी लागेको बताउनुभयो ।साथै प्यागोडा शैलिमापुन: निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर यहाँको अर्को उत्कृष्ट विशेषता भएको जानकारी दिदै चन्द्रागिरि हिल्स व्यवस्थापनलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्वबोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्