ट्रकको ठक्करबाट हजुरआमा र नातीको मृत्यु

काठमाडौं, ९ कार्तिक । काठमाडौंमा फेरी ट्रकको आतंक फैलिएको छ । तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीह?को मृत्यु भएको हो ।

गोरखाको बुंकोट घर भएका उनीह? तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा डेरा गरी बस्ने गरेका प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीह?को ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी सावित्री पुडासैनीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्