शाइन रेसुंगाको एजीएम आज, १७.७० प्रतिशत दिने भयो बोनस सेयर

जागरण न्युज
काठमाडौं, आश्विन २८ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारण सभा आइतबार बिहान १०ः३० बजे अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमासुरु भएको छ । सभामा शाइनले १७.७० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गरेको छ । बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि आज (असोज २८ गते) सम्म बुक क्लोज गरेको छ । असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन । बैंकले अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कामको अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव लैजानेछ ।
बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेकोछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ छ ।
बोनसपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्नेछ । शाइन रेसुंगाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३२ करोड २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्