“सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बीच सम्झौता”

काठमाडौं, २६ असोज । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र सिभिल बैंक लि. बीच मिति २०७५ असोज २५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्