वाथ रोग के हो, कसरी थाहा पाउने र बच्ने ?

काठमाडौं, २६ असोज । आज विश्व वाथ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

सोहि अवसरमा ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालले विश्व वाथ रोग दिवसको अवसरमा जनचेतना जगाउने उदेश्यले आज विहानै र्याली निकालेको छ । अल्का अस्पतालबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ पुनः अल्का अस्पताल आएर टुंगिएको थियो ।

बाथ भनेको यो नेपाली भाषामा बुझाउने एक किसिमको रोग हो । यो रोगको उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताउनु हुन्छ ।  बाथ रोग लागेमा शरिरको कुनै पनि डजोर्नी, माशपेशी, छाला, नशा दुख्छ । यसले हाडजोर्नी बाहेक शरिरको कुनै पनि भित्रीअंग जस्तै मुटु, मृगौला, फोक्सो, मस्तिस्क, कलेजो लगायतका शरिरका अंगलाई असर गर्छ ।

बिरामीहरुमा बिहान उठ्दा हातका औला, जोर्नीहरु कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जामभए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ । शरीर झम झम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपालझर्ने, चिसो पानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदापुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् ।

उकालो–ओरालो गर्दा र र्भयाङ् चढ्दा हड्डीहरु दुख्ने गर्छन् । ती एकै किसिमको बाथको आ–आफ्नो लक्षणहरु रहेको उनले बताए ।  नेपालीहरुमा ज्यादा रुपमा युरीक एसीड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको छ । तीमध्ये कतिपय बाथ वंशानुगत पनि हुने गरेको डाक्टर गुप्ताले बताए ।

डाक्टर गुप्ताकाअनुुसार बाथकुनै एक व्यक्तीविशेषलाई मात्रै हुने रोग होइन। यो नवजात शिशु देखि ८०—९० वर्षको उमेर सम्मका जुनसुकै उमेरका व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्ने कुरा बताउनु हुन्छ । बाथहरुमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खिइने बाथ हुन्छन् भने अरु मांशपेशी, छाला, आँखा, नसातथा शरीरको भित्रीअंगहरुलाई नै असर गरी उत्पन्नहुने बाथहरु पनि बाथ रोग हुने डाक्टर गुप्ताले भने, “प्राय बाथका रोगी हामी सबैमा हाडजोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ । बाथ बाल–बालिका तथा सानै उमेरमा पनि लाग्ने गर्छ । कतिपय बाथहरुले वर्षौ पीडा दिइरहेका हुन्छन्, त्यसका बाबजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानी गर्दैनन् ।”

तर केही बाथहरुले केहीदिन, महिना र वर्षदिनभित्रै हड्डी बाङ्गिने र त्योसँगै मुटु, मृगौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात र्पुयाउँदछन् । तसर्थ बाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्रभनेर पनिबुझ्नु हुदैन । यसले शरीरको कुनै अंगलाई आन्तरिक रुपमा क्षति गराइदिन सक्ने डाक्टर गुप्ताको भनाई छ । पहिले यस रोगले धेरैलाई सताए पनि अहिले समयमै रोगको पहिचान गर्न सके निको हुने डाक्टार गुप्ता बताउनु हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्