कुन पार्टीले कति क्षेत्र जिते ?

काठमाडौं ।१० र २१ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा एमाले र नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले अग्रता लिएको छ ।एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो भएका छन

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा तर्फ २८ र प्रदेशसभा तर्फ २७ स्थानको अन्तिम नतिजा सार्वजनिक हुँदा कम्युनिष्ट गठबन्धनका उम्मेदवार प्रतिनिधिसभातर्फ २५ क्षेत्रमा विजयी भएका छन् । विजयीमध्ये एमालेका उम्मेदवार २० र नेकपा माओवादी केन्द्रका ५ क्षेत्रमा विजयी भएका छन् ।

नेपाली कांग्रेस ३ स्थानमा विजयी भएको छ । प्रतिनिधिसभा तर्फ एमाले ५४, माओवादी केन्द्र २५ र नेपाली कांग्रेस १९ स्थानमा अगाडि छ । त्यस्तै अन्य दल १७ स्थानमा अगाडि छन् । यस्तै प्रदेशसभातर्फ कम्युनिष्ट २२ स्थानमा विजयी भएको छ ।

जसमध्ये १५ क्षेत्रमा एमाले र ७ क्षेत्रमा माओवादी केन्द्रले विजय हात पारेका छन् । नेपाली कांग्रेस ३ र अन्य ३ स्थानमा विजयी भएका छन् । प्रदेशसभातर्फ पनि एमालेले नै अग्रता बनाएको छ, ६४ स्थानमा एमाले, ३८ स्थानमा माओवादी केन्द्र, ३० स्थानमा कांंग्रेस अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्