चितवन–३ मा पुष्पकमल दाहालको अग्रता, एक हजारभन्दा बढी मतले पाण्डे पछि परे

काठमाडौं । चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायम रहेको छ ।

सो क्षेत्रमा पाँच हजार ३५५ मतगणना गर्दा दाहालले तीन हजार ५६ र राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले एक हजार ९२७ मत प्राप्त गरेका छन् । पाण्डेले भन्दा दाहालले एक हजार १३० मत बढी ल्याएका छन् ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा चार हजार ७५६ मतगणना गर्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले दुई हजार ९७६ र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले एक हजार ३८३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा ६ हजार ३६० मतगणना हुँदा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले तीन हजार ६७८ र कांग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ४२० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् । समग्रमा जिल्लामा ७३।६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्