हिमालय उर्जाको ९ लाख ९० हजार कित्ता आइपीओ कात्तिक ६ गतेबाट आउँदै

जागरण न्युज
काठमाडौं, २४ आश्विन । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक ६ गतेदेखि आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयलाई ९ करोड ९ लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

यस आइपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन पाइन्छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा मंसिर ८ गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा–१, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा र प्राइम कमर्सियल बैंक जिरी शाखाबाट आवेदन दिन सक्नेछन । त्यसैगरी सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा तथा एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाएको सेयर बाँडफाँट भएको तीन वर्षसम्म बिक्री गर्न नपाउने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

हिमालय उर्जाको गत चैत २४ गते सम्पन्न साधारण सभाले २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ९० हजार कित्ता ९१०५० र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता ९१५५० सेयर छुट्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्