६६.६७ प्रतिशत बोनस दिंदै निर्धन उत्थान बिकास बैंक

काठमाडौं । निर्धन उत्थान बिकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ८०.७१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

६० करोड चुक्ता पुँजी रहेको कम्पनीले ४० करोड रुपैयाँ बराबरको बोनस र ८ करोड ८२ लाख रुपैयाा बराबरको नगद लाभांश दिने भएको हो । बोनसपछि कम्पनीको पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आर्थिक वर्षमा बिकास बैंकले ५८ करोड ३४ लाख १० हजार रुपैंया खुद नाफा गरेको थियो । बिकास बैंकको जगेडा कोषमा एक अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैंया सञ्चित छ ।

बिकास बैंकको प्रतिसेयर आम्दानी ९७ रुपैंया २३ पैसा, निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्