सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयरजारी गर्ने, शेयरधनीलाई फेरी मौका
काठमाडौं, २३ असोज । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले हकप्रद शेयरको लागि फेरि मौका पाउने भएको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन यसअघि ४० प्रतिशत हकप्रद जारी गरेको कम्पनीले फेरि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्ने भएकाले कम्पनीको शेयरधनीले यो मौका पाएको हुन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः ७ को अनुपातमा साबिकका शेयरधनीहरुलाई जारी गर्न लागेको जनाएको छ ।
इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाण्डौंलाई नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
गत आर्थिक बर्षको चौथौ त्रैमासिक प्रतिवेदन अनुसार सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ४८ लाख २१ हजार रहेको छ । गत बर्ष कम्पनीले १२ करोड १५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८ पैसा कायम गरेको छ ।















प्रतिक्रिया दिनुहोस्