आशा लघुवित्तले बोलायो असोज २७ मा एजीएम, ६ लाख कित्ता आइपीओ आउँदै

जागरण न्युज
काठमाडौं, २३ आश्विन । आशा लघुवित्त वित्तीय संस्थाले आइपीओ प्रस्ताव पारित गर्न असोज २७ गते साधारण सभा बोलाएको छ । लघुवित्तको ६ लाख कित्ता आइपीओ आउने भएको छ । साधारण सभाबाट अनुमोदन भएपछि आइपीओ बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ । साधारण सभा असोज २७ गते बिहान ११ बजे फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेस्टुरेन्ट ककनी, नुवाकोटमा बस्नेछ ।
आइपीओ जारी गर्न लघुवित्तले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति मागेको हो । यसको जारी पुँजी २० करोड रुपैयाँ रहेको छ । यसमध्ये १४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।

लघुवित्तको बिक्री प्रबन्धकको प्रभु क्यापिटल रहेको छ । आशा लघुवित्तले गत आर्थिक वषको चौथो त्रैमाससम्ममा १ करोड १० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्