आर्जन को–अपरेटिभको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने

Arjan savingकाठमाडौं, २२ असोज । आर्जन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरको कुमारी पार्टीमा केन्द्रिय कार्यालय रहेको संस्थाले सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथी छलफल, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश, लेखा परिक्षकको नियुक्ति र शेयर धनीहरुलाई लाभांश वितरण लगायत कार्यक्रम गरि नवौंैँ वार्षिक साधारण सभा गत शनिबार पुल्चोक स्थित याक प्यालेसमा सम्पन्न भएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै सो संस्थाले यस वर्ष एसइइ परिक्षमा उतिर्ण आफ्ना शेयर धनीका छोरा छोरीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई प्रमाणपत्रसहित सम्मान समेत गरेको छ ।

१ करोड ८७ हजार ५ सय रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाले आव. २०७४/७५ मा २९ लाख २२ हजार ८१ रुपैया खुद नाफा गरेको छ । यो नाफा गत आव.को भन्दा ४७.६७ प्रतिशतले बढि हो । स्थापनाको ९ औं वर्षसम्म आइपुग्दा संस्थाले उत्कृष्ट कारोबार र ग्राहकलाई सेवा दिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्