नेपाल सेवा लघुवित्तले बाँड्ने भयो पाँच प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, २२ असोज । गत बैशाखमा साधारण शेयर (आईपिओ) निष्काशन गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश गत बैशाखमा (आईपिओ) परेका शेयरधनीले पनि प्राप्त गर्ने भएका छन् । लघुवित्तले गत बर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
असोज १९ गते शुक्रबार सम्पन्न लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम रहेको ६ करोड रुपैयाँ चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने ३० लाख रुपैयाँ नगद लाभांश वितरण गने प्रस्ताव गरेको हो ।

बैठकले शेयरधनीलाई वितरण गर्ने नगद लाभांशको कर प्रयोजनका लागि ०.२६३१ प्रतिशतले हुन आउने एक लाख ५७ हजार ८९५ रुपैयाँ समेत प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

गत आर्थिक बर्षमा कम्पनीले ४१ लाख ९ हजार ३३५ रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्