विजय लघुवित्तले प्रस्ताव गर्यो लाभांश, गत बर्षको तुलनामा नगद घट्यो

जागरण न्युज
काठमाडौं, २२ असोज । विजय लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट दश प्रतिशत बोनस तथा कर बापत ०.५२६ नगद लाभांश प्रस्ताव गरको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस तथा कर बापत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
अघिल्लो बर्ष तुलनामा यो बर्ष लाभाँश घटाएको छ गत बर्ष दश प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । लघुवित्तले गत बर्ष दुई करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्