कुमारी बैंकको ३३ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा

जागरण न्युज
काठमाडौं, २२ असोज । कुमारी बैंकका संस्थापक तारा राणाले आफ्नो नाममा रहेको ३३ हजार ६२५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यसमा कुमारीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले यो सूचना सार्वजनिक भएको ३५ दिनभित्र कुमारीको कानुन तथा सेयर शाखा नक्सालमा निवेदन दिन सक्नेछन् ।
उक्त ३५ दिनको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । असार मसान्त सम्ममा कुमारीले १ अर्ब १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्