काठमाडौं क्षेत्र नं १ मा काँग्रेस र २ मा एमाले अगाडि, दुवै प्रदेशसभामा ‘एमाले’ अगाडि

काठमाडौं । प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा एमालेले अग्रस्थान लिएका छन् ।

एघार हजार ५९५ मतगणना हुदासम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बाबुराजा जोशी तीन हजार ६२९ मतका साथ अग्रस्थानमा छन् । वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का मिलन सुवाल र तीन हजार ३५१, नेमकिपाका प्रेम सुवालले तीन हजार ५४५ तथा विवेकशील साझा पार्टीका दिनेश न्यौपानेले १४१ मत ल्याएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र १ प्रदेशसभा ९क मा नेकपा९एमाले०का हरिशरण लामिछाने दुई हजार २५७, काँग्रेसका जीवन खत्रीले एक हजार ७०२, नेमकिपाका नीरज लवजूले ४०४ मत र माओवादी केन्द्रका डिपी ढकालले ६१ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश ९ख० मा नेमकिपाका सुरेन्द्रराज गोसाईंले एक हजार ७४५ एमालेका रोमन शिलाकारले ८४८ र काँग्रेसका अनिल भुजुले ६४७ मत ल्याउनुभएको छ । मतगणना जारी छ ।

यता भक्तपुर–२ मा प्रतिनिधिसभातर्फ एमालेले शुरुदेखि नै अग्रता लिएको छ । पछिल्लो १९ हजार ३५४ मतगणना हुँदा एमालेका महेश बस्नेतले १४ हजार ५५६ र काँग्रेसका दमननाथ ढुंगानाले सात हजार ४८४ मत ल्याएका छन् । त्यसैगरी विवेकशील साझा पार्टीका शशीविक्रम कार्कीले ८२३ र नेमकिपाका अनुराधा थापा मगरले ५९९ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ प्रदेश ९क० मा एमालेका शशीजंग थापाले छ हजार ६०३, काँग्रेसका अंगद खड्काले तीन हजार ९५, विवेकशील साझाका रमेश राईले ३८० र नेमकिपाका सरोजराज गोसाईंले २०० मत ल्याएका छन् ।

प्रदेश ९ख० मा एमालेका राजेन्द्रमान श्रेष्ठले तीन हजार २३ मत, काँग्रेसका गणेशमान चक्रधरले एक हजार ९२४, विवेकशील साझाका रामभक्त बाँडेले ३४४ र नेमकिपाका प्रेमजंग थापा श्रेष्ठले १४५ मत ल्याएका छन् । मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्