सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार २१६ कित्ता शेयरको लिलामी बिक्री खुल्ला

जागारण न्युज
काठमाडौं, २१ असोज । सिद्धार्थ इन्स्योरेन्सकोे ३७ हजार २१६ कित्ता शेयर लिलामीको लागि आवेदन खुलेको छ ।
इन्स्योरेन्सले संस्थापक समुहतर्फ ७९९.६० कित्ता र सर्वसाधारणतर्फको ३६,४१६.९० कित्ता गरी जम्मा ३७ हजार २१६ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले हकप्रदमा बिक्री नभई बाँकी रहेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।
सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता बिक्री हुन सेकेको थिएन् ।
लिलामीको शेयरमा असोज १९ देखि २६ गतेसम्म आवेदन गर्न पाइने छ । कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले रहेको छ ।
लिलामीको शेयरमा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइनेछ । न्युनतम १०० रुपैयाँदेखि बोलकबोल गर्न पाइने बिक्री प्रबन्धकले जनाएको छ ।
लिलामी मार्फत हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्