जागरण न्युज
काठमाडौं, असोज २१। गत आर्थिक वर्षको मुनाफाबाट १७ ओटा लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्न घोषणा गरेका छन् । १७ वटा वित्तीय संस्थामध्ये ३ वटा लघुवित्तले नगद लाभांश र बाँकी १४ वटा लघुवित्तले बोनस शेयर दिने प्रस्ताव गरि आफ्नो सञ्चालक समितिमा पेश गरेका छन् ।
नगद लाभांष प्रस्ताव गर्नेमा स्वदेशी लघुवित्त, वोमी माइक्रोफाइनान्स र फस्र्ट माइक्रोफाइनान्स रहेका छन् । १७ ओटा लघुवित्त संस्थाहरुमध्ये ११ वटाले लाभांशदर घटाएका छन् भने ६ वटाले गत अघिल्लो वर्षको तुलनामा लाभांश बढाएका छन् ।
लाभाँश बढाउनेमा स्वावलम्बन, वोमी, किसान, सुर्योदय, नेशनल, नेरुडे रहेका छन् । सबै भन्दा बढी नाफा सुर्योदय लघुवित्तले गरेको छ । अघिल्लो वर्ष २० प्रतिशत लाभांश बाँडेको सुर्योदयले यसपटक ४२ दशमलव ७५ प्रतिशत बोनस र २ दशमलव २५ प्रतिशत नगद गरी ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्तले शेयरधनीहरुलाई दिने लाभांष घटाएर २० प्रतिशत बोनस र २२ दशमलव ११ प्रतिशत नगद गरी ४२ दशमलव ११ प्रतिशत लाभांश प्रस्ताव पेश गरेको छ । गत अघिल्लो आर्थिक वर्षमा ८० प्रतिशतभन्दा बढी लाभाष वितरण गरेको थियो ।
त्यसैगरि, गत वर्षको नाफाबाट वोमीले २५ प्रतिशत नगद लाभांष दिने प्रस्ताव गरेको छ भने किसान लघुवित्तले ३० प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांष दिने प्रस्ताव पेश गरेको छ ।
त्यस्तै, नेशनल फाइक्रोफाइन्सले २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश, स्वबलम्बनले २५ प्रतिशत बोनस शेयर र ११.८४ प्रतिशत नगद लाभांश र नेरुडे लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांषको घोषणा गरेका छन् ।
त्यसैगरि, मेरो माइक्रोफाइन्सले १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश, फ्रष्ट माइक्रोफाइनान्सले १२.६३१६ प्रतिशत नगद, मिरमिरे लघुवित्तले २४ प्रतिशत बोनस र १.२६ प्रतिशत नगद, ग्लोबल आइएमइ लघुवित्तले १५ प्रतिशत बोनस र ०.७८७५ प्रतिशत नगद, स्वरोजगार लघुवित्तले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।
त्यस्तै, समता माइक्रोफाइनान्सले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद, स्वदेशी लघुवित्तले १० प्रतिशत नगद, समिट माइक्रोफाइनान्सले २३.५३ प्रतिशत बोनस र १.२४ प्रतिशत नगद, छिमेक लघुवित्तले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद र आरएसडिसीले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्