सिद्धार्थ क्यापिटलले शतप्रतिशत बोनस वितरण गर्ने,कहिले र कहाँ डाक्यो साधारणसभा ?

काठमाडौं । सिद्धार्थ क्यापिटल लि.ले गत आर्थिक बर्षको नाफा तथा सञ्चित रकमबाट सेयरधनीलाई शतप्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असोज ३० गते शंकर होटल लाजिम्पाटमा दिउँसो ३ बजे बोलाएको छैटौं बार्षिक साधारणसभाले उक्त प्रस्ताव स्वीकृत गर्नेछ ।

साधारणसभालबाट बोनसको साथै २०७४ आषढ मसान्तसम्ममा कमाएको नाफाबाट २५ प्रतिशत (बोनसमा लाग्ने करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत स्वीकृत गर्नेछ ।

साधारणसभाले कम्पनीको कार्यालय बबरमहलबाट नक्सालमा स्थानान्तरण गर्ने, लेखापरीक्षक नियुक्ति, र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्