बाग्लुङका सबै सीटमा वाम गठबन्धन विजयी

काठमाडौं । बाग्लुङमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ सीट रहेको बाग्लुङमा सबै सीट वाम गठबन्धनले जितेको हो ।प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य पाठक ३३६४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी चप्पा खड्काले २०६१६ मत प्राप्त गरिन् ।

प्रदेशसभा १ ९क० मा नेकपा एमालेका इन्द्रलाल सापकोटा १७९१५ मतसहित विजयी भए भने नेपाली कांग्रेसका दिपेन्द्र थापाले ११९८९ मत पाए ।

प्रदेशसभा १ ९ख० मा वाम गठबन्धनबाटै उम्मेदवारी दिएका राजमोका कृष्ण थापा १५६३६ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका प्रकाश पौडेलले ९०९४ मत पाए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धन अन्तर्गत उम्मेदवारी दिएका माओवादी केन्द्रका देवेन्द्र पौडेल २८८२७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका निरज पुनले १९९०५ मत पाए ।

त्यस्तै प्रदेश सभा २ ९क० मा माओवादी केन्द्र चन्द्रबहादुर बुढा १७४१५ मत ल्याएर विजयी भए भने नेपाली कांग्रेसका मन्जेश बम मल्लले ११५४६ मत ल्याए ।

प्रदेश सभा २ ९ख० मा राजमोका टेकबहादुर घर्तीले ११८८४ विजयी हुँदा नेपाली कांग्रेस जितबहादुर शेरचन ८६२४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्