कक्षा ११ को नतिजा प्रकाशित, ३८.८१ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण

काठमाडौं, २० असोज । कक्षा ११ मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा संकायतर्फको परिक्षाको नतिजा प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यहि २०७५ बैशाख ३० देखि जेष्ठ ९ सम्म लिएको ग्रेड ११ को नतिजा आज प्रकाशित गरेको हो । परिक्षामा कुल ५,४८,४४५ परिक्षार्थी सहभागि भएकोमा ३८.८१ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन् । जसमध्ये १४१ परीक्षार्थीको परिक्षा रद्द गरियो थियो भने, १ जनाको परिणमा रद्ध गरिएको छ ।

परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए तीन देखि ३.६० ल्याउने आठ हजार ९४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन् ।

त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुई ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १२७ र ग्रेड ई अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ चार जना गरी कूल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ । गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक गरेको हो ।

यहि २०७५ बैशाख ३० देखि जेष्ठ ९ सम्म परिक्षा सञ्चालित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्