मोरङ –१ बाट एमालेका घनश्याम खतिवडा विजयी

काठमाडौं। मोरङ क्षेत्र नं १बाट नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा विजयी भएका छन । खतिवडाले ३७ हजार ५२४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गरेका छन ।

मोरङमा अहिलेसम्म तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा सबैमा नेकपा एमाले विजयी भएको छ । यसअघि मोरङ क्षेत्र नं ६ बाट लालबाबु पण्डित र क्षेत्र नं ३ बाट भानुभक्त ढकाल विजयी हुनुभएको छ । मोरङका क्षेत्र नं २, ४ र ५ मा मतगणना जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्