डोल्पाको सबै क्षेत्रमा वाम गठबन्धनको विजय

काठमाडौ । डोल्पामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेशसभा निर्वाचन दुई क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी भएको हो । प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (एमाले)का धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अंगतकुमार बुढाले तीन हजार १६७ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश (क)मा वाम गठबन्धनबाटै एमालेका नन्दसिंह बुढा ५ हजार ४९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएका छन् ।

त्यसैगरी वाम गठबन्धनबाट नेकपा(माओवादीै) केन्द्रका वीरबहादुर शाही ६ हजार ४१४ मत ल्याएर विजयी भएका छन् । भने काँग्रेसका सुरेशबहादुर शाहीले २ हजार १०५ मत मात्र ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्