नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस

काठमाडौं । नेपाल बंगलादेश बैंक ले गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २४ गते बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलार्इ १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

बैंकले प्रस्ताब गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

७ अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनबि बैंकको १२ प्रतिशत बोनसपछि ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ कायम गरेको छ ।

साथै सञ्चालक समितिको भदौ २४ गतेको बैंठकले बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल आगामी ४ बर्षका लागि थप गरेको समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्