माछापुच्छ्रे बैंकको इलाम र म्याग्दीमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं, ११ असोज । माछापुच्छ्रे बैंकले इलाम र म्याग्दीमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । शाखा बिस्तारसंगै बैंकका २९ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स
भुक्तानी र कर्जा आवेदन गर्ने व्यवस्था रहेको छ । बैंकका पुर्वमा झापा देखि पश्चिममा कन्चनपुरसम्म ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर लगायत २९ शाखा रहित बैकिङ्ग सेवा र ९९ एटीएम सञ्चालनमा छन् ।















प्रतिक्रिया दिनुहोस्