काठमाडौं, ११ असोज । शेयर बजाारमा उतारचढाव आएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधार र सुरक्षाको नियामक निकाय धितोपत्र बोर्डलाई ३० बुँदे मागपत्र बुझाएको छ ।
फोरमले ब्रोकर लाइसेन्स, मार्केट मेकरको स्थापना, म्युचुअल फण्डहरुको आरक्षण शेयरमा लकिङ्ग पिरियड, कमजोर रेटिङ्गका कम्पनीलाई आईपिओ निष्काशनमा प्रतिबन्ध, एफपिओमा वैज्ञानिक मूल्य निर्धारण तथा पूँजी बजारका आधारभूत विषयहरु तथा यस क्षेत्रमा सूचना सम्प्रेषणमा स्वच्छता कायम गर्न सञ्चार माध्यमहरुलाई पूँजीबजार सम्बन्धी निर्देशिका जारी गर्नुपर्ने लगायत माग राखी इन्भेटर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई माग पत्र बुझाएको हो ।
त्यसैगरि नयाँ स्टक एक्सचेञ्ज सम्बन्धी कार्य यथाशीघ्र सम्पादन गर्ने, सबै कम्पनीहरुलाई नियमनकारी निकायको स्थापना, मार्जिन ल्याण्डिङ्गको सुरुवात, राफसाफ समय घटाउने, सेटलमेन्ट ग्यारेन्टी फण्डसँग सम्बन्धित ऐन कानूनको निमार्ण, क्लोजआउटको निराकरण, मर्जर तथा प्राप्तीमा तीन महिनाभित्र कारोबार हुने व्यवस्था, ७ दिनभित्र बोनस तथा लाभांश वितरण गर्ने व्यवस्था मिलाउने तथा पूँजी बजारलाई प्रभाव पार्ने क्रियाकलाप गर्ने र भ्रामक सूचना फैलाउने व्यक्तिलाई दण्ड तथा सजायको माग समेत फोरमले गरेको छinvester
प्रतिक्रिया दिनुहोस्