जागरण न्युज
काठमाडौं, १० असोज । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत बर्षको लाभांश सहित शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । वित्तीय संस्थाले साधारण सभा आउँदो कार्तिक ९ गते, नुवाकोटको होटल वाटर टावरमा बिहान ११ः३० बजे बोलाएको हो ।
संस्थाले साधारण सभामा यस अघि घोषणा गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश पारित गर्नेछ ।
लाभाँश वितरण पछि कम्पनीले शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गर्नेछ ।
यस्तै साधारण सभामा संचालक समितिको बार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिबेदन सहित वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
कम्पनीको छैटौं बार्षिक साधारण सभाका लागि असोज १७ देखि कात्तिक ९ गतेसम्म शेयरधनी किताब बन्द गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्