जागरण न्युज
काठमाडौं, असोज १० । कालिका पावर कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपिओ बुधबार बाँडफाँड गरेको छ ।
कम्पनीले गत भाद्र २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइ बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।
१ लाख १३ हजार १७७ जना आवदेकले १० कित्ताको दरले शेयर हात पारेका छन ।
तर कर्मचारीलाई छुट्याइएको सेयर मध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ ।
१२ करोडको आईपिओका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्