सिभिल बैंकका कर्मचारीको जेष्ट नागरिकलाई सहयोग

काठमाडौं, ९ असोज  । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरुले जेष्ट नागरिकको जीवन यापनमा सहजता आवस भनेर खाद्यान्न सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित बृद्ध सेवा समितिमा पुगेर उनीहरुले दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गरेका हुन । सभिल बैंक तुलसीपुर शाखाका अप्रेसन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरुले आपसमा रकम संकलन गरि जेष्ट नागरिकलाई उक्त सहयोग प्रदान गरेको जानकारी दिए । वैंकका प्यूठानस्थित विजुवार खाशाका प्रमुख नविन डाँगी, सल्यान शाखाका नविन कडायतले व्यक्तिगत सहयोग गरेको र अन्य सबै रकम भने तुलसीपुर शाखाका कर्मचारीहरु बट शंकलन गरिएको विनाडीले बताए ।
रझेनामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै सिभिल वैंकका तुलसीपुर शाखाका कर्मचारी सुशिल गौतमले कर्मचारीहरुले खाचा खर्च कटाएर शंकलन गरेको दश हजार बढी रकम वाट जेष्ठ नागरिकलाई चामल, दाल, तेल, तयारी खाना प्रदान गरिएको बताएका थिए । ‘तपाँई हाम्रा आमा बावु समान जेष्ठ नागरिक जो ज्यूँदो इतिहास हुनुहुन्छ, उहाँहरुलाई सहयोग गर्नु हरेक युवाहरुको कतव्र्य हो।’ गौतमले भने । उनले हुनेहरुले आफुसंग भएको चिज बस्तु मध्य थोरै चिजवस्तु मात्रै अरु संग बाँड्न सके समाजमा खुसी छाउने धारणा राखेका थिए ।
कर्यक्रमलाई सम्वोधन गर्दै बृद्ध सेवा समिति जेष्ट नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले अशक्त अवस्थाका जेष्ठ नागरिकलाई सहयोग गरेकोमा सिभिल वैंकका कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । ‘ जेष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ ।’ अधिकारीले भने । उनले रझेनास्थित बृद्धा आश्रममा केही नभएका र कोही नभएका जेष्ठ नागरिकलाई समितिले गास बासको व्यवस्था गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्