स्वावलम्बन लघुवित्तका पाँच शाखा विस्तार

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले एकै साथ पाँच शाखा विस्तार गरेको छ । शाखा विस्तार संगै वित्तीय संस्थाले ५७ जिल्लाका १२८ शाखा कार्यालयबाट लघुवित्त सेवा पु¥याउदै आएको छ ।
विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक–सामाजिक अवस्थामा सुधार ल्याई उनीहरुको आयस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित बैंकले आफ्नो वित्तीय पहुँच अभिवृद्धि योजना अनुरुप हाल रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा शाखा विस्तार गरेको हो ।
उपशाखा कार्यालय चन्द्रपुरको उद्घाटन रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, प्रदेश सभा सदस्य धनलाल ठोकर र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संयुक्त रुपमा गर्नुभयो । त्यस्तै, उपशाखा कार्यालय बरियारपुरको उद्घाटन बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानु, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमिता बज्राचार्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी रिजालले सबै नागरिकलाई वित्तीय सेवाको पहुँचमा राख्न वित्तीय संस्थाको योगदान सह्राहनीय रहेको बताउनुभयो । सानो सानो पूँजीको अभावमा आय आर्जन गर्न असमर्थ रहेको बर्गले कर्जा लिई व्यवसाय गरी यसबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो । त्यस्तै, उपशाखा कार्यालय बरियारपुरमा आयोजित कार्यक्रममा बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानुले विनाधितो कर्जा उपलब्ध गराउने भएकोले स्थानीय जनतालाई लघुउद्यमी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सानो सानो कर्जा तथा बचतको कारोबारबाट स्थानीय स्तरमै स्वरोजगारी श्रृजना हुने भएकोले विदेश पलायन हुनेक्रम रोक्न स्वावलम्बनको भूमिका रहने बचाउनुभयो ।
स्थानीय राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवीहरुले स्वावलम्बन जस्ता वित्तीय संस्थाको स्थापनाले समुदायमा आर्थिक गतिविधिमा बृद्धि हुने, लघुउद्यमको विस्तार र महिला सशक्तिकरणमा समेत टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्