लगानीमैत्री वातावरण लागि सरकार तदारुकताकासाथ काम गरेको अर्थमन्त्री खतिवडाको दावी
काठमाडौं, ८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार तदारुकताकासाथ काम गरिरहेको बताएका छन् ।
सोमबार बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भईसक्ने दावी गरे ।
एनले लगानी कर्ताहरुलाई इंकित गर्दै भर्न ‘अब के गर्नुर्पयो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं । कानूनहरु संशोधनको अवस्थामा छन् । छिटै एकरदुई महिनामा संसदको विचाराधीन अवस्थामा पुग्नेछन् । संसदले पास गर्छ ।’
लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवद्र्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने अर्थमन्त्री खतिवडाले जानकारी गराए ।
उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने बताए । अहिले देखिएको बैंक ब्याजदर महंगो हुने समस्या धेरै नरहने अर्थमन्त्री खतिवडाले बताए ।















प्रतिक्रिया दिनुहोस्