पहिलो चरणमा कांग्रेसको ३७ सिटमध्ये ४ सीटमा मात्रै अग्रता

काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस भने जम्मा ४ सिटमा मात्रै अगाडि देखिएको छ ।

मतगणना सकिएका ३ निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ भने माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ ।

मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । ललितपुर क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

पहिलो चरणको चुनावमा नेपाली कांग्रेसको बिजोग अवस्था देखिएको छ । गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन भने कांग्रेसको पराजय अपमानजनक हुने संकेत देखिन्छ ।

पहिलो चरणको गणनामा यस्तो देखिएको छ कि प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पनि पछाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्