बाबुराम भट्टराईको अग्रता, ११ सय मतले पछि पारे नारायणकाजी

गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता लिएको छ ।

विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेको छ ।

पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ ।

गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्